७ बैशाख २०७८, मंगलवार

फागुन २३ देखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने

काठमाडौं, ३० माघ । सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने तयारी गरेको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाएका छन ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ ।

सरकार आफैंले बनाएको प्राथमिकताको सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक छन । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस