९ बैशाख २०७८, बिहीबार

सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान

सिन्धुपाल्चोक । समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरीयो । सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पु (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरीयो । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक भुवन कडेँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख भोला बहादुर विष्ट, बागमती प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उद्योग वाणिज्य संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायीहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारीता बारेमा प्रस्ट्याउनु भएको थियो ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस