७ बैशाख २०७८, मंगलवार

सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दान गर्ने

काठमाडौं, ३० माघ । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने भएका छन् ।

मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीले बताएका छन ।

यसबारे औपचारिक घोषणाका लागि शुक्रबार अपराह्न साढे एक बजे ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस