
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं, ३० माघ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस