२८ चैत्र २०७७, शनिबार

सरकारविरुद्ध अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

काठमाडौं, २९ माघ । सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध डा. गोविन्द केसीले २० औँ आमरण अनसनको घोषणा गरेका छन् । डा. केसी फागुन १२ गतेदेखि अनसन बस्ने भएका हुन् ।

डा केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन् । संसद पुनःस्थापना, संवैधानिक निकायमा भएको नियुक्ति खारेजी र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै उनी अनसन बस्न लागेका हुन् ।

डा. केसीले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरियोस् भन्नेसमेत माग राख्दै अनसन बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस