७ बैशाख २०७८, मंगलवार

रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

काठमाडौं, २९ माघ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि बोलाएको बताएका छन । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस