२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २९ माघ । हाल नेपाल भरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस