९ बैशाख २०७८, बिहीबार

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

काठमाडौं लक्ष्मी बैंकले आयोजना गरेको माई मोबाईल मनि’  भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।

एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो crowdsourcing प्रतियोगिता हो । यस अघि बैंकले माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको छ ।

माई मोबाईल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरुले प्रत्येक शीर्षकमा ३ मिनट सम्मको १-१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा रु. ५०,००० गरी कूल रु. २,५०,००० सम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट २५० भन्दा बढी भिडियो मार्फत उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शीर्षकमा भने २ भिडियोहरु बीच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिकता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।

यस प्रतियोगिताका विजेताहरु यस प्रकार छन्:

१. बिल भुक्तानी १:
   लकेश दंगल, विराटनगर /  मन्दिप बखुन्छे, भक्तपुर

२. बिल भुक्तानी २:
   विकास त्रिपाठी, पोखरा

३. कार्ड सेवा:
   सन्तोश शाक्य, काठमाडौं

४. कार्ड रहित नगद निस्काषन:
   भुवन तिवारी, भरतपुर

५. नगद ट्रान्स्फर:
    छेवाङ गुरुङ, मुस्ताङ

प्रतियोगीता बारे निर्णायक मण्डलको राय यसप्रकार रहेको छ:

यो प्रतियोगिताको निर्णायकका रुपमा मेरो अनुभव सुखद रह्यो। प्रतियोगी भिडियोहरु रचनात्मक र मौलिक हुनुको साथै बैंकको ब्राण्ड झल्काउने खालका थिए । विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु।

  • रम्यता लिम्बु, फेस्टिभल निर्देशक, काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल

प्रतियोगी भिडियोको स्तर तथा प्रतियोगीको पूर्वतयारी आश्चर्यजनक थियो । विजेता र सहभागी सबैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै यस्तो उत्कृष्ट अभियानका लागि बैंकलाई धन्यवाद दिन चाहन्छु

  • शेखर क्षत्री, म्यानेजिङ्ग डिरेक्टर, भि-चित्र एडभर्टाइजिङ

बैंकले सो प्रतियोगिताक सबै विजेताहरुलाई बधाई दिँदै यो प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै यस प्रकारका नयाँ र रमाईला प्रतियोगिताहरु भविष्यमा पनि लिएर आउने छ ।

प्रतिक्रिया दिनुहोस