९ बैशाख २०७८, बिहीबार

बुधबार कोरोना निको हुने भन्दा संक्रमित हुनेको संख्या धेरै

काठमाडौं, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।

काठमाडौँ उपत्यकामा बुधबार थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मनत्रालयका अनुसार काठमाडौँका ५५, ललितपुरका ४ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ। गत चौबीस घन्टामा ३ हजार ५ सय ६७ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस