२८ चैत्र २०७७, शनिबार

बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने

काठमाडौं, २८ माघ । बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने भएको छ ।

शुक्रबार माघ ३० गते बसन्तपुर डबलीबाट माइतिघरसम्म महिलाहरुको टोलीले मार्चसहित आन्दोलन गर्न लागेको हो नागरिक समाजको महिला फोर्सले जारी गरेको विज्ञप्तिमा जनाएको छ । टोलीका अनुसार मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्मका सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ भन्दै मार्च गर्न लागिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘सबै किसिमका महिला हिंसा,हत्या र दण्डहिनताको समूल अन्त्य गर्न हामी आन्दोलित छौं । यसआन्दोलनमा आमनागरिकलाई सामेल हुन हार्दिक अपिल गर्दछौं ।’

मार्च वसन्तपुर हुँदै न्यूरोड, रत्नपार्क र भद्रकाली हुँदै सिंहदरबार मूलगेटमा आएर सभामा परिणत हुनेछ । 

वृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रिता शाह, रिता परियार, प्रणेता, प्रणिका कोयु, प्रकृति भट्टराई, कैलाश राई र दोभान राईले महिला मार्चको संयुक्त अपिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस