
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, २८ माघ । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आँशिकदेखि समामन्य बदली रहेको छ ।
देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।