७ बैशाख २०७८, मंगलवार

प्रचण्ड–नेपाल समूहद्धारा काठमाडौंमा मार्चपास

काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा मार्चपास गरेका छन् । बुधबार काठमाडौंमा बृहत् जनप्रदर्शनको आयोजना गरेको प्रचण्ड–नेपाल समूहका जनवर्गीय संगठनहरुले तयारीस्वरूप मार्चपास गरेका हुन् ।

बुधबार हुने जनप्रदर्शनका लागि केन्द्रीय नेताहरुले कमाण्ड गर्नेछन् । राजधानीका मुख्य स्थानहरु पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्कने छन् ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् । जमलमा नेताहरु लिलामणि पोख्रेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठनको नेतृत्व सम्हाल्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले जुलसको नेतृत्व गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस