७ बैशाख २०७८, मंगलवार

सेयर कारोबारमा समस्या देखिएपछि समयावधी थप

काठमाडौं, २७ माघ । सेयर कारोबार प्रणालीमा समस्या आएपछि नेप्सेले कारोबार समयावधी थप गरेको छ । दिउसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए पछि आजका लागि ३५ मिनेट कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ ।

सार्वजनिक बिदा बाहेक हप्तामा ५ दिन बिहान ११ बजेदेखि मध्यान्ह ३ बजेसम्म कारोबार हुने गरेको छ । तर आज समस्या आएकले ३ बजेर ३५ मिनेटसम्म कारोबार खुला हुने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस