७ बैशाख २०७८, मंगलवार

ओली समूहमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

काठमाडौं, २६ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा मार्क्सवाद मान्नेहरु ल्याउने बताएका छन् । यो समूहले गर्दै आएको नियमित फेसबुक सम्वादमा पन्तले जनप्रदर्शनमा कार्यकर्तालाई मासुभात खुवाउन नल्याइने बताएका छन ।

‘यो सत्ता र शक्तिको दुरुपयोग गरेर गर्न लागिएको जनप्रदर्शन होइन । हामीले मार्क्सवाद मान्नेहरुलाई ल्याउने हो, मासुभात खुवाउन ल्याउने होइन’, पन्तले भने । तर, ओली समूहमा भने मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको उनले आरोप लगाएका छन ।

‘ओलीजीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको छ । हामी मार्क्सवाद चलाउँछौं, विचारको राजनीति, सिद्धान्तको राजनीति, कार्यक्रमको राजनीतिलाई अगाडि बढाउन चाहन्छौं’, पन्तले भने ।

अहिले भइरहेको आन्दोलन लोकतन्त्र, गणतन्त्र र संविधान बचाउँन गरिएको पनि उनले बताएका छन । 

प्रतिक्रिया दिनुहोस