२८ चैत्र २०७७, शनिबार

सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम

काठमाडौं, २६ माघ । आइतबारको रेकर्ड तोड्दै सेयर बजारले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ ।

यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ ।

दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस