
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, २६ माघ । हाल नेपालको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस