७ बैशाख २०७८, मंगलवार

संवैधानिक नियुक्ति रोक्न अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं, २५ माघ । संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उक्त रिटमा न्यायाधीश ढुङ्गानाले विपक्षीका नाममा अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेका छन् ।

संवैधानिक निकायमा गरिएको नियुक्तिहरु खारेजीको माग गर्दै सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मुख्यसचिव र नियुक्ति पाएकाहरु समेत गरी ३९ जनाविरुद्ध रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस