२८ चैत्र २०७७, शनिबार

‘केपी ओली वी हेट यू’

काठमाडौं, २५ माघ । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको प्रचण्ड-माधव समूहले संसद विघटनको विरुद्धमा नाराबाजी गरेका छन् ।

सरकारको विरोधमा नारा लगाउँदै उनीहरुले विधिको शासन लागु गराउन माग गरेका छन् । दण्डहीनता अन्त्य गर्न भन्दै उनीहरुले  ‘केपी ओली वी हेट यू ।’ भन्दै नारा लगाएका छन

सरकारले गरेको संसद विघटनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउनका लागि हनुमानथानमा जम्मा भएका प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

उनीहरुले संसद विघटनको विरोधमा ‘प्रतिगमन ढालिन्छ, ओलीतन्त्र फालिन्छ’ भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस