२८ चैत्र २०७७, शनिबार

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं, २५ माघ । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।

सेयर कारोबार रकम पनि १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस