२८ चैत्र २०७७, शनिबार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, २५ माघ । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । चादी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस