२८ चैत्र २०७७, शनिबार

बैतडी घटना निर्मला पन्त प्रकरणमा जस्तो नहोस् : प्रचण्ड-माधव

काठमाडौं, २४ माघ । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले बैतडी, दोगडाकेदार गाउँपालिका ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा गैरजिम्मेवार नबन्न सरकारलाई आग्रह गरेको छ ।

अध्यक्षद्वयले एक शोक वक्तव्य जारी गर्दै विद्यालयबाट घर फर्किंदै गरेकी १७ वर्षीया भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको घोर भत्र्सना गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थामै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको वक्तव्यमा उल्लेख छ ।

Prachanda_Madhav.jpg
प्रतिक्रिया दिनुहोस