२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २४ माघ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। हाल देशभरको मौसममा आंशिकदेखी सामान्य बदली रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै बाँकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १ का धेरैजसो स्थानहरु र प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस