७ बैशाख २०७८, मंगलवार

संक्रमण भन्दा निको हुनेको संख्या दुई गुणा बढी

काठमाडौं, २३ माघ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । यीमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप २ सय ७२ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका २ सय ७२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६७ हजार ५ सय ६४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस