७ बैशाख २०७८, मंगलवार

२/४ हजार मान्छे जम्मा गरेर मुल पार्टी भनेर लल्कार्ने काम भएपछि सभा गर्नुपर्यो :प्रधानमन्त्री

काठमाडौं, २३ माघ । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

नारायणहिटी दरबार संग्रहालय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताएका छन ।
उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’

आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताएका छन।

२/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताएका छन । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्त्रिmनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताएका छन ।

उनले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताएका हुन । 

सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’

सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस