७ बैशाख २०७८, मंगलवार

केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने वाला छैनौं : माधवकुमार नेपाल

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर नबस्ने बताएका छन् ।

अहिलेको विवाद नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद मात्र नभएको उनले बताएका छन । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।’

त्यसको विरोधमा आफूहरु सडक संघर्षमा रहेका बेला ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको उनले बताएका छन । बन्दका कारण दैनिक ज्याला मजदुरी गर्ने, बिरामी लगायतलाई बढी असर गरेको भन्दै उनले माफी मागेका छन ।

उनले अघि भने, ‘यसले सन्देश गएको छ, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने बाला छैनौं ।’ रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही नतर्सने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस