२८ चैत्र २०७७, शनिबार

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, २३ माघ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ११०० सय रुपैयाँले घटेर प्रतितोला ९०,००० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २०० सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस