२८ चैत्र २०७७, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौं, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।

हाल देशभर २ हजार २ सय ७७ सय जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस