७ बैशाख २०७८, मंगलवार

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्याहो’

सिताराम कट्टेल र कुञ्जना घिमिरे फेरि पर्दामा फर्किने तयारीमा छन् । तर, यसपटक उनीहरु सानो पर्दामा दर्शकलाई मनोरञ्जन दिने तयारीमा छन् ।

सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् । यो वेव सिरिज हो । जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ ।

चाडै नै आफ्नै युटुब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरुको तयारी छ । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस