२८ चैत्र २०७७, शनिबार

संवैधानिक अंगका पदाधिकारीको सपथ ग्रहण उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं, २१ माघ । संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयवहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर,निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधर लगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस