७ बैशाख २०७८, मंगलवार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २१ माघ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ।
हाल देशका पहाडी भू–भागको मौसममा आशिंक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

आज विहान काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस