९ बैशाख २०७८, बिहीबार

बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन आव्हान

काठमाडौं, २० माघ । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन आव्हान गरेको छ ।

मंगलबारदेखि आवेदन खुलेको संस्थानका डिन डा. वीरबहादुर खनाल क्षेत्रीले जानकारी दिएका छन । संस्थानले पोखरा क्याम्पसमा ८० र हेटौंडा क्याम्पसमा ८० सिटका लागि भर्ना आव्हान गरेको हो ।

७ चैतमा प्रवेश परीक्षा सञ्चालन हुने र वैशाखदेखि पढाइ सञ्चालन हुने डिन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस