२८ चैत्र २०७७, शनिबार

प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी

काठमाडौं, २० माघ । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।

सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो सम्मेलन आयोजना गरेर बाइडन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो समय देखिएको निरंकुश र पपुलिष्ट राजनीतिले अमेरिकी प्रजातन्त्रको मूल्य र मान्यतामाथि आक्रमण गरेको बाइडेन प्रशासनको बुझाइ रहेको छ ।

यति मात्र होइन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकहरुले क्यापिटल हिलमा नै आक्रमण गरेपछि धेरैले यसलाई विश्व प्रजातन्त्रमाथिको आक्रमणको रुपमा विश्लेषण गरेका थिए ।

यस अगाडि चुनावी अभियानकै समयमा पनि बाइडेनले आफूले जितेमा सो सम्मेलन आयोजना गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस