
पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड–नेपाल सहितका नेताहरु आयोग पुगे
काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेता निर्वाचन आयोग पुगेका छन् । पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड–नेपाल सहितका नेताहरु आयोग पुगेका हुन् ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा औपचारिक रुपमा पत्र बुझाउने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएका बेला प्रचण्ड–नेपाल समूह आयोग पुगेका हुन् ।
आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका छन ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।
प्रतिक्रिया दिनुहोस