२८ चैत्र २०७७, शनिबार

प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा

काठमाडौं, २० माघ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको अवहेलना निवेदनको पेशी न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानाको मुद्दा पनि उनकै इजलासले सुनुवाइ गरेको थियो।

शर्माको इजलासले उनीहरूलाई एक साताभित्र आफैं अदालत उपस्थित हुन भनेको छ। प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलना निवेन दर्ता गराएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस चलिरहेको समयमा अदालतमाथि टिप्पणी गरेको दाबी निवेदनमा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस