७ बैशाख २०७८, मंगलवार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २० माघ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ।

देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस