९ बैशाख २०७८, बिहीबार

ग्राहकको पहिलो रोजाइ VIKING 222 बसहरू

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222 मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।  कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा VIKING 222, १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

VIKING 222, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । VIKING 222 मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुदा १८० एच पी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताउनु भयो ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडीहरु चल्दै आएका छन् । अत्यधिक माग अनुसार कम्पनीले ग्राहक वर्गलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस् र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस