
कोरोना संक्रमितको संख्या घट्दै
काठमाडौं, १९ माघ । पछिल्लो २४ घन्टामा थप १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार १ सय ४५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९८ पुरुष र ६१ महिला गरी १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका १ सय ५९ जनासहित कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । यीमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
आज थपिएकाहरुमा प्रदेश एकमा ५, प्रदेश दुईमा २, बागमती प्रदेशमा १ सय १३, गण्डकी प्रदेशमा ३० र लुम्बिनी प्रदेशमा ९ जना रहेको छन् ।
पछिल्लो २४ घन्टामा २ सय ६४ जनाले कोरोनामुक्त भइ सामान्य अवस्थामा फर्किएका छन् । योसँगै २ लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.३ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । मन्त्रालयकाअनुसार २४ घन्टाको अवधिमा कसैलेपनि ज्यान नगुमाएको जनाएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ सय जना रहेको छ ।