९ बैशाख २०७८, बिहीबार

नेप्से परिसूचक दोहोरो अंक वृद्धि

काठमाडौं, १९ माघ । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्सेमा कारोबार हुने अधिकांश इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय  माथि पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अंक भन्दा धेरैले बजारमा पहिरो जादा पनि आयतबार ९ अर्ब नजिक कारोबार रकम पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस