
नेकपा प्रचण्ड–नेपाल केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय किमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक सकिए लगात्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।
बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्नेछ ।
प्रतिनिधिसभा विघटनपछि आन्दोलित बनेको समूहले चरणवद्ध आन्दोलन गर्दै आइरहेको नेकपा प्रचण्ड–नेपाल समूहले संसद पुनर्स्थापनाको माग राख्दै आएको छ ।
सो समूहले यसअघि नै बुटवल, विराटनगर र धनगढीमा तीन वटा प्रदेश स्तरीय विरोध सभा गरिसकेको छ भने जनसभा तथा भेलाहरु गर्दै आएको छ ।
यसअघि सो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस