२८ चैत्र २०७७, शनिबार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, १९ माघ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस