२८ चैत्र २०७७, शनिबार

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १९ माघ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनपछि आन्दोलित बनेको सो समूहले आज बिहान ११ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठक बोलाएको हो ।

चरणवद्ध आन्दोलन गर्दै आइरहेको नेकपा प्रचण्ड–नेपाल समूहले संसद पुनर्स्थापनाको माग राख्दै आएको छ । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने एक नेताले बताएका छन ।

सो समूहले यसअघि नै बुटवल, विराटनगर र धनगढीमा तीन वटा प्रदेश स्तरीय विरोध सभा गरिसकेको छ भने जनसभा तथा भेलाहरु गर्दै आएको छ ।

माघ ९ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेका नेकपा प्रचण्ड– माधव समूहले माघ २८ गते पनि जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

यसअघि सो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस