२८ चैत्र २०७७, शनिबार

साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो

काठमाडौँ, १८ माघ । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स घटेर ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सब इन्डेक्सहरु समेत घटेर राताम्मे भएका छन् ।

सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । केहि कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ ।

सबैभन्दा धेरै प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । प्रभु लाइफको ९.९३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । एभरेष्ट इन्स्यारेन्सको संस्थापक सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस