७ बैशाख २०७८, मंगलवार

‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस भईरहेको छ ।

अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरेका छन ।

‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’ 

संसद विघटनविरुद्ध परेका एक दर्जन बढी रिटहरुमा माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस