२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, १८ माघ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायम रहेको छ।

हाल देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस