२८ चैत्र २०७७, शनिबार

कोरोना निकोहुने संख्या संक्रमितको भन्दा तिन गुणा बढी

काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ।

हाल देशभर २ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २  हजार २७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस