९ बैशाख २०७८, बिहीबार

ओली कम्युनिष्ट पार्टीको कुसन्तान : माधव नेपाल

काठमाडौं, १७ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टीको कुसन्तान भएको बताएका छन् । धनगढीमा विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओली खलनायक भएको बताएका छन ।

नेपालले कम्युनिष्ट राजनीतिमा ओली सबैभन्दा खराब व्यक्ति निस्केको बताएका छन । सबै ठाउँमा केही नराम्रा व्यक्तिहरु हुने भन्दै नेपालले नेपालको कम्युनिष्टमा ओली खलनायक निस्किएको बताएका छन ।

ओलीले अहिलेसम्मको सबै उपलब्धिहरु समाप्त पार्ने खेलमा लागेको भन्दै नेता नेपालले संघीयता, धर्मनिरपेक्षतालाई समाप्त पार्न ओली लागेको बताएका छन । शक्तिपूर्ण सरकारको नेतृत्व गरेको ओलीले कुनै काम गर्न नसकेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस