२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, १७ माघ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका केही पहाडी भू–भागहरुको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै तराईका केही भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस