२८ चैत्र २०७७, शनिबार

आज शहीद दिवस

काठमाडौं, १६ माघ । आज माघ १६, शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा तत्कालिन राणा शासकले मुत्युदण्ड दिएका थिए ।

त्यस्तै माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस