२८ चैत्र २०७७, शनिबार

प्रधानमन्त्री,पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई जवाफसहित अदालतमा उपस्थित हुन आदेश

काठमाडौं, १५ माघ । अदालतको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओर्ली सर्वोच्च अदालतमा हाजिर हुन आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

डा. शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, शुशिला कार्की र कल्याण श्रेष्ठविरुद्धको तथा पूर्वसभामुख दमननाथ ढुङ्गानासमेतलाई अदालतमा हाजिर हुन आदेश दिएको छ ।

अदालतमा भएको सुनुवाइ र त्यसमा संलग्न वरिष्ठ अभिवक्तको विषयमा गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै निवेदन हालेका थिए ।

यता पूर्वप्रधानन्यायाधीहरुविरुद्ध सर्वोच्चलाई प्रभावमा पार्न खोजेको भन्दै धनजित बस्नेत र लोचन भट्टराईले निवेदन हालेका थिए । पूर्वसभामुख ढुङ्गानाविरुद्ध अभिवक्ता राजाराम घिमिरेले निवेदन हालेका थिए ।

प्रतिक्रिया दिनुहोस