७ बैशाख २०७८, मंगलवार

नेपालमा सन् २०२० मा झन् भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं, १५ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालमा सन् २०२० मा नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले बिहीबार जारी गरेको करप्सन पर्सेप्सन इन्डेक्सले नेपालमा भ्रष्टाचार बढेको देखाएको हो ।

विश्वका १ सय ८० राष्ट्रको करप्सन पर्सेप्सन इन्डेक्स सिपिआई रिपोर्ट सार्वजनिक गर्दै ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार बढेको जनाएको हो । ० देखि १०० सम्म अंकको आधारमा सार्वजनिक भएको इन्डेक्सले ० तर्फ नजिक रहेका देशमा भ्रष्टाचार बढेको र १०० तर्फ नजिक रहेका देशहरुमा कम भ्रष्टाचार भएका छन् ।

जसअनुसार सबैभन्दा कम भ्रष्टाचार हुनेमा डेनमार्क र न्यूजिल्याण्ड रहेका छन् । दुबैको सिपिआई स्कोर ८८ रहेको छ । सूचीको १ सय १७औँ स्थानमा रहेको नेपालको स्कोर ३३ रहेको छ । सूचीको अन्तिममा सोमालिया र दक्षिण सुडान रहेका छन् । उनीहरुको स्कोर १२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस